शैक्षिक सुधारमा फलेबास नगरपालिका सक्रिय बन्दै

Posted on: 11 Aug, 2018

सुनिता शर्मा | साउन २६, पर्बत | फलेवास नगरपालिका भित्रको शैक्षिक सुधार तथा गुणस्तर अभिबृद्धिको लागि एक दिने कार्यसाला गोष्ठि सम्पन्न भएको छ ।

फलेवास नगर कार्यपालिकाको आयोजना तथा काठमाण्डौ विश्ववविध्यालयको साझेदारिमा नगरपालिका भित्रको शैक्षिक क्षेत्रको अवस्था, आवस्यकता  तथा विध्यालयको गुणस्तर बृद्धिको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

शैक्षिक सुधारको लागि शिक्षक, अभिभावक, समुदाय,र शैक्षिक सघं सस्थाविच आपसि, सहकार्य समन्वय, र साझेदारीको आवस्यकता रहेको, काठमाण्डौ विश्वविध्यालयका प्रोफेसर डा. बालनन्द लुईटेलले बताउनु भयो ।

त्यस्तै उहाँले शैक्षिक सुधारको लागि स्वायं शिक्षकले हरेक दिन शैक्षिक मुल्यांकन गर्नु पर्ने बताउनु भयो । कार्यसालामा प्रोफेसर डा. लुइटेलले विध्यार्थि शिक्षक, व्यवस्थापकिय पक्ष तथा प्रशासनिक क्षेत्रको समस्या र तिनको समाधानको वारेमा विभिन्न अनुसन्धनामक विवरणहरु प्रस्तुत गर्नु भएको थियो । यस्तै फलेवास नगरपालिका संग सहकार्य गर्दै  नगरपालिका भित्रको शैक्षिक सुधारमा लाग्ने समेत उहाँले प्रतिबद्धता जानउनु भएको छ ।


यस्तै कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका अर्का प्रोफेसर ड. लक्षमण ज्ञावलिले पाठ्यक्रमको शिक्षा मात्र शैक्षिक स्तर वृद्धिमा पुर्ण नहुने भन्दै, अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने बताउनु भयो । त्यस्तै उहाँले परिर्वतित समय सगैँ शिक्षकले आधुनिक शिक्षा अर्जन गर्नु पर्ने बताउनु भयो । निति निमार्ण तथा कार्यन्वयनमा पनि विध्र्याथि तथा समुदायको सहभागितावाट मात्रै लक्ष प्राप्ति हुनेमा उहाँको जोड रहेको थियो ।

यस्तै अर्का प्रोफेसर डा. धनपति पौडेलले शैक्षिक सुधारको लागि समुदायलाई शैक्षिक क्षेत्रमा जोड्नु पर्ने बताउनु भयो । एउटै कलासमा पढन्े विद्यार्थीहरुमा फरक फरक क्षमता हुने हुदा विध्यार्थीको चाहना, भावना तथा क्षमता बुझेर पठन पाठन गराउन सके मात्र सिकाई उपलधि हुनेमा पौडेलको जोड रहेको थियो ।

यस्तै बरिष्ठ समाजसेवि भोलनाथ शर्माले शिक्षाको सुधार विना समाज विकास असम्भव रहेको बताउनु भयो ।

शैक्षिक स्तर बृद्धिको लागि सवै भन्दा महत्वपुर्ण जिम्मेवारी शिक्षकको रहने भन्दै शर्माले शिक्षक, उर्जावान, लगनशिल, अध्यनशिल बन्दै आफने जिम्मेवारी राम्रो सग बहन गर्न सकेमा शैक्षिक सुधार असम्भव नरहेको बताउनु भयो । असल शिक्षा र सस्कार विद्यार्थिहरुको लागि प्रदान गर्न शिक्षक आफै अध्यनमा लाग्नु पर्ने शर्माले बताउनु भयो ।

यस्तै कार्यक्रममा फलेवास नगरकार्यपालिका प्रमुख पदमपाणि शर्माले नगरपालिका भित्रको शैक्षिक सुधारको लागि विभिन्न १७ बुद्धे घोषण पत्र जारी गरि शैक्षिक सुधारको अभियानमा नगरपालिक लागेको बताउनु भयो । अंंग्रेजि मोहका कारण समुदायको अकर्षण निजि विध्यालयमा बढ्दै जादा समुदायिक विध्यालय खालि हुने अवस्थाको अन्तय गर्न यसै शैक्षिक सत्रदेखि नगरपालिकाको ११ वटै वडामा कक्षा १ मा अनिवार्य अंग्रेजि शिक्षा पठन पाठन को व्यवस्था गरिएको बताउनु भयो ।

नगरपालिकाको उदेश्य राम्रोलाई नराम्रो बनाउने नभई समुदायिक विध्यालयको शैक्षिक स्तर वृद्धि गर्दै निजी विध्यालयको शिक्षा सरह समुदायिक विध्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने योजनाको साथ नगरपालिकाले कार्यक्रम अघि बढाएको बताउनु भयो ।

कार्यक्रममा फलेवास नगरपालिका भित्रका ११ वटै वडामा रहेका १४ वटा मध्यमिक विद्यालयका प्रअ, क्यम्पस प्रमुख तथा संचालक समिति अध्यक्षहरु, विद्यार्थी, वडा अध्यक्ष, व्यावस्थापन समितिका अध्यक्ष,श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि विद्यार्थिहरुले विध्यालयको पुस्तकालयमा पर्याप्त पुस्तक नहुने गरेको गुनासो गरेका थिय । यस्तै सवै विध्याथिहरुलाई बढि भन्दा बढि अतिरिक्त क्रिायकलापमा  सहभागि गाराउन समेत उनिहरुले आग्रह गरेका छन् । नगरपालिकाले नगर स्तरीय विभिन्न कार्यक्रममा जोड दिन समेत उनिहरुको सुझाब रहेको थियो ।

यस्तै विध्यालयका प्रधानध्यापक तथा व्यवस्थापन समिति अध्यक्षहरुले विषयगत शिक्षकको व्यवस्था गर्न नगरपालिका सगँ आग्रह गरेका थिय । शिक्षक दरबन्दि नहुदा सिमित शिक्षकले धेरै पढाउनु पर्ने बाध्यताले न्युन शैक्षिक उपलब्धि हासिल हुने गरेको गुनासो गरे ।  सामुदायिक विध्यालयमा अभिभावको निस्क्रीयता रहको भन्दै शैक्षिक सुधारको लागि समय समयमा नगरापालिका तथा अभिभावक वाट शैक्षिक मुल्यांकन तथा अनुगमन गरीनु पर्ने बताय  । यस्तै विगतमा विभेदपुर्ण तरिकाले शैक्षिक मुल्याङकन तथा पुरस्कृत गरिने गरीएको भन्दै उत्कृष्टता र बास्तविक शिक्षकको पहिचान गरि पुरस्कार गर्ने तथा दण्डको व्यवस्था गर्न आग्रह गरेका छन् ।

यस्तै वडा अध्यक्षहरुले सामुदायिक विद्यालयमा विद्यार्थी सङख्या कम हुदै जानु मुख्य चुनौतिको विषय रहेको बताय । नगरपालिकाका प्रशासकिय अधिकृत मोतिराम सापकोटा तथा प्रबक्ता टिकाराम गौडेलले गुणस्तरको नारा जुन रुपमा उचालिन्छ तर  त्यहि रुपमा व्यवहारमा लागु हुन नसकोको वताय । विद्यार्थीको भविश्य शिक्षक को हातमा रहेकोले उनिहरुको भावना वुझि पठन पाठन गराउन आग्रह गरे ।

कार्यक्रममा सहभागिहरुले विभिन्न सामुहिक छलफल गरि शैक्षिक चुनौति, समस्या, सम्भावना र विभिन्न माग नगरपालिका समक्षा व्यक्त गरेका थिय ।

नगर उपप्रमुख मञ्जु अधिारीको  स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगरपालिकाका व्यवस्थापक देवि प्रसाद तिमल्सिनाले गर्नु भयको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!