अर्जुन जोशी र काँग्रेस समर्थकको खुन तात्ने गरी गणेश तिमिल्सीनाले यसरी झपारे- भिडियो सहित

Posted on: 04 Dec, 2017

पर्वत । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सीनाले नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार पूर्व सांसद अर्जुन जोशीलाई नालायकको संज्ञा दिएका छन् ।

तीन पटकसम्म निर्वाचन जितेर ह्याट्रीक गरे भन्नेहरु मन्त्री बन्न नसकेर रुदै बसेको छन् , विचराहरुलाई लायक कसरी भन्ने हुनले भने । जिल्लाको विकास तीन पटक सांसद हुदाँ गर्न नसक्ने नेताले अब पनि चुनाव जित्छु भन्नु कल्पना मात्रै भएको उनले बताए ।

पैसा बाँडेकै कारण तीन पटक चुनाव जिते, अब यीनका दिन गए पैसाले चुनाव जितिदैन यसपाली बामगठबन्धनको लाल किल्ला हुन्छ तिमिल्सीनाले भने ।

अरुले गरेका विकासे कामहरुलाई आफूले गरेको भन्नेहरुले किन राजमार्गको दुरदर्शा १८ बर्षसम्म देख्न सकेनन् । तिमिल्सीनाले भने ।

गाउँगाउँमा बाटो कति पुग्यो र पक्की सडक भयो ?, कालीगण्डकी करिडोर कसको पालामा हरायो ? जनताले बुझ्दैनन्, एमालेले सांसद जितेपछि दक्षिणमा कालीगण्डकी करिडोर शुरु भयो, फलेवास सडक पक्की बन्न लाग्यो यो हामीले गरेको हो । सांसद विकास लम्सालले गरेका हुन् । नियमीत कार्यक्रममा आउने रकम र योजनालाई मैले ल्याएको हो भन्ने अनि दक्षिण गएर मैले सवै बाटो पक्की बनाउँछु भन्ने ? अरुले बनाएको कामलाई आफूले बनाएको भन्नेले ६ महिना चल्ने सडकको जिम्मा आफूले लिनुपर्छ कि पर्दैन् तिमील्सीनाले आक्रोश पोखे ।

क्षेत्रीय बाटोदेखि ग्रामिण सडक निर्माण गर्ने हामी मैले बनाएको हुँ भन्ने हिड्ने उनी ? तिन पटक सांसद हुदँ जिल्लामा कति मानिस मरे, कति बालबालिका मरे ? प्रकृति र नियम अनुसार भएका दुर्घटना, मृत्युको पनि त त्यसो भए जिम्मा लिनु पर्यो नी, लाज नभएकाहरुलाई जे भनेपनि सुहाउँदो रैछ निकै आक्रोशित रुपमा उनले जोशीमाथि प्रहार गरे ।

पर्वतमा तीनै जनाले विजयी हासिल हुने तिमील्सीनाले दाबी गरे । गठबन्धन नभएको भएपनि पर्वतमा तीन पदमा एमाले विजयी हुने अबस्था थियो तर बामगठबन्धन बनेपछि अब नसोचेको मतका साथ बामगठबन्धन विजयी हुन्छ , उनले भने ।

तिमील्सीनाले अर्जुन जोशीलाई बुढो भैसीको संज्ञा समेत दिएका छन् । अब आफै बुझ्नुहोस हाम्रा युवा उम्मेदवारहरु क्षमतावान् छन् त्यसैले कसैले एतिहास दोहो¥याउने सोच बनाएपनि अब बामगठबन्धनले जित्ने दाबी गरे ।

उनले हसियाँले हुने कामलाई ठूलो हतियार पन्चरो किन निकाल्ने भन्ने हिसाबले हामीले युवा पंक्तिलाई उठाएका हौं, कसैलाई हेविवेट र कसैलाई कम लेबलको नठाने हुन्छ उनले भने ।

बुढो गोरुले भकरो ओगटेझै आफैमात्रै उम्मेदवार बन्नेहरुलाई के भन्ने ? हामीसँग एक सय एक नेता छन् त्यसैले हामी उम्मेदवार परिर्वतन गरेका छौं । त्यसैले अब यसपालीको विजयी हाम्रो नै हो । तिमील्सीनाले काँग्रेसको लोकतान्त्रीक गठबन्धन नभइ दक्षिणपन्थी गठबन्धन भएको समेत टिप्पणी समेत गरेका छन् ।

२०७० सालको मौन अबधीमा ४५ लाख खर्च गरेर काँग्रेसले पैसाको चलखेल गरेको उनले दाबी गरे । पैसाको चलखेल अहिले पनि गरेर जित्ने दाउमा छन् तर त्यो हुन सक्दैनन् उनले भने ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!