गजल -चौबन्दीको तुनामा तुनौकी तिमीलाई

Posted on: 03 Jan, 2017

Image may contain: 1 person, smiling, closeupतारा सुनुवार 


चौबन्दीको तुनामा तुनौकी तिमीलाई

मनभित्रको कुनामा थुनौकी तिमीलाई ।


कम्मरैमा बेरेर राखौ झै सधै भरी

पटुकिको झुम्कामा उनौकी तिमीलाई ।


आभास छोडयो न्यानो ,हरेक पल

पछेउरीको सप्का झै ओडौकी तिमीलाई ।


सिंगारको गहना गाजल बनाएर 

परेलीको सुरमा छोडौकी तिमीलाई ।


एकान्तमा सुटुक्कै म मात्रै बसेर

ढुकढुकि बनाई मनमा सुनौकी तिमीलाई ।


-पर्वत 

यस बिषयमा तपाइको प्रतिक्रिया...!