पाँच कवि पाँच कविता

Posted on: 13 Jan, 2017


महेन्द्र केसी पर्वत । साहित्य एउटा यस्तो चिज हो जसमा जिवित मृत बन्न सक्छ मृत जिवित बन्न, ढुंगा कुद्न अनि बोल्न पनि सक्छ, भनिन्छ नी जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन कवि भनेर । साहित्यको प्रहार यति चोटिलो हुन्छ जसले समाजको यथार्थलाई बोलेको हुन्छ , समाजको प्रतिनिधित्व पनि गरेको हुन्छ । असम्भवलाई सम्भव तुल्याउँछ, पीडामा डुबेकाको मुहारमा हाँसो र हाँसेका लाई आशुमा पनि डुबाउन सक्छ ।

सवैलाई साहित्यमा रम्न मन लाग्छ तर पनि रम्न कठिन हुन्छ, एउटा व्यक्ति कलाकार, हाँस्यकार, राजनेता वा अन्य पात्र बन्न जति सजिलोसँग सक्छ त्यतिनै कठिन छ साहित्यमा रम्नको लागि अनि साहित्कार बन्नको लागि । साहित्य जगतमा लागेका हरेक साहित्यकारका लेख पाठकका रुचिका हुन्छ भन्न पनि सकिदैन । 

पछिल्लो समयमा साहित्य क्षेत्रमा लागेर किताब निकालेकै वा कलम चलाएकै भरमा बाँच्नको लागि कठिन जस्तै भैसकेको छ । साहित्यलाई बुझ्नेको कमि भनौं या साहित्यमा पछिल्लो समयमा देखिएको विकृति भनौं साहित्यले पहिले जति लोकप्रियता थियो त्यो अहिले भने पाउन सक्ने अबस्था छैन भने अर्को अर्थमा भन्नुपर्दा साहित्यलाई नै जिउने आधार बनाउनको लागि स्रष्टाहरुलाई कठिन हुन थालेको छ ।

यसैविच प्रगतिशिल लेखक संघ  पर्वतले “पाँच कवि पाँच कविता”को आयोजना गरेको छ । पहिलो पटक टिकट लिएरै जिल्लामा आयोजना हुन लागेको यो कार्यक्रम पहिलो भएकोे लेखक संघका अध्यक्ष अर्जुन पौडेलले निर्जन बताउँछन् ।

माघेसक्रान्तिका दिन ‘तरुल सखरखण्ड–चाकु’ खाँदै कविता श्रवण गर्न पाइने उनी बताउँछन् । जिल्लामा रहेका साहित्यकारहरुको जमघट गराई टिकटनै कटाएर कविता श्रवण गर्ने बाताबरण तयार पारेको उनको तर्क छ । यहि माघ १ गते संक्रान्तिका दिन हुन लागेको कार्यक्रमको तयारी लगभग पूरा भएको निर्जन बताउँछन् । 

 कार्यक्रममा जिल्लाका पाँच प्रगतीशिल कविका कविता श्रवण गर्न पाइने उनले बताए । जसमा गणेश कुमार जिसी, ओम प्रसाद घायल, संगीत श्रोता, भरत विवश पौडेल र आर के अदिप्त गिरिको पाँच÷पाँच कविता श्रवण गर्न पाइने उनले तर्क गरे । उक्त कविता बाचन कार्यक्रमबाट नयाँ पुस्ताका सिर्जनशील युवालाई कविता लेखन र वाचनमा थप उर्जा प्रदान हुने आयोजकको विश्वास लिइएको उनले बताए ।

पहिलो पटक टिकट नै विक्रि गरेर हुन लागेको कविता बाचन कार्यक्रममा सहभागी हुन चाहनेले टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । टिकटको दस्तुरु २ सय र ५ सय तय गरिएको र हालसम्म २५ हजार बराबरको टिकट विक्रि भएको आयोजकले जनाएको छ । 

पाँच कविको चिनारी

आयोजकले जिल्लामा अन्य साहित्यकार भएता पनि किन यी कविहरु छनोट भए भन्ने प्रश्नमा पाँच कविका लेखमा विम्बात्मक र प्रगतिबादी चिन्तन भएकोले यीनै पाँच साहित्यक स्रष्टालाई चयन गरिएको बताएको छ । कविहरुको लेखनमा प्रगतिबादी चिन्तन र सामाजको यर्थाबादमा आधारित रहेकोले पनि चयन गरिएको बताएको छ ।

गणेश बहादुर जिसी 

गणेश बहादुर जिसी वि.सं २०३१ माघ १२ गते तिलाहारमा जन्मेका स्रष्टा हुन् । माता डिकुमारी जिसी र पिता स्व. भद्रबहादुर जिसीको सन्तानका रुपमा जन्मेका उनले एम.एफ.ए ललितकला, एम.ए संस्कृति(त्रिवी र एम.ए नेपालीमा धौलागिरी बहुमखि क्याम्पस बाग्लुङबाट गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान , युनिभर्सल कलेज , ललितकला विभाग , ऋतुरङ फाउण्डेसन ,मदन भण्डारी कला साहित्य प्रतिष्ठान , नेपाल ललितकला मञ्च , नेपाल कलाकार समाज , पर्वत साहित्य संगम , गुप्तेश्वर वहुउद्देश्यीय पुस्तकालय र  प्रगतिशील लेखक संघ नेपाल लगायतका विभिन्न क्षेत्रमा संलग्न रहदै उनले साहित्य क्षेत्रमा एक इट्टा थप्ने काम गरिहरको छन् । उनले २०५५ चित्रकला प्रदर्शनी ,२०५७ चित्र, मूर्ति र कविता प्रदर्शनी , २०५८ मूर्तिकला प्रदर्शनी , २०५९ चित्र ÷मूर्ति प्रदर्शनी एकल रुपमा गरिसकेका छन् भने  सामूहिक कलाप्रदर्शनी तर्फ २०४३ देखि देशका विभिन्न ठाउँमा डेढ दर्जन भन्दा वढी, २०५३÷२०५५÷२०५७ जापान , २०६४ वेलायत,अमेरिका , २०६९ पन्ध्रौँ एशियाली कला प्रदर्शनी, बाइनाले–२०१२ (बंगलादेश), २०७१ जर्मनी , २०७२ चीन ( देवकोटा लु सुन प्रतिष्ठान ) र २०७२ भारतमा सामुहिक रुपमा कला प्रदर्शनी समेत गरिसकेका छन् ।

उनी यस्ता एउटा सर्जक हुन जसले साहित्यलाई जुनसुकै कुनाबाट टपक्क टिपेर , समय र परिवेशलाई फुलबुटा भरेर सरल तरिकाले चोटिलो प्रहार गर्ने एक साहित्यक स्रष्टा हुन ।

समाजमा भएका घटनालाई साहित्यको सुत्रमा बाँधेर सरलभाषामा चोटिलो पाराले प्रहार गर्ने क्षमता भएका उनका अग्नियात्रा कविता संग्रह २०६४, सीमान्त अक्षरहरु संयुक्त कविता संग्रह २०६८ गरी दुइ वटा कृति प्रकाशनमा रहेका छन् । चित्रकला तथा मुत्र्तिकलामा बुहआयमिक रहेका जिसिले चित्रकला तथा मुत्र्तिकलामा सामाजमा भएका विषयबस्तुलाई जिबन्त दिने गरेको पाइन्छ ।

उनले २०४३  जिल्लाव्यापी  चित्रकला प्रतियोगितामा प्रथम (पर्वत ), २०५८ उपत्यकाव्यापी चित्रकला प्रतियोगितामा द्वितीय (रुसी सांस्कृतिक केन्द्र ), २०५९  कलासम्मान  ( जिल्ला विकास समिति, पर्वत ), २०६० जिल्ला शिक्षा पुरस्कार ( जि.शि.का. पर्वत )  , २०६० कला पुरस्कार ( चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ) , २०६० कलासम्मान  ( गुप्तेश्वर  पुस्तकालय ,पर्वत ), २०६६ “युवा शान्तिदूत” ( युनिभर्सल  पीस फेडेरेसन) , २०६७ कलासाहित्य सम्मान ( श्री ज्ञानेन्द्र प्रा.वि. स्वर्णमहोत्सव, पर्वत ) , २०६७ कलासाहित्य सम्मान ः (युवाचेतना  सामुदायिक विकास संस्था,पर्वत ) , २०६७ सृजनशील युवा कला पुरस्कार ( सृजनशील कलाकार समूह, पोखरा ), २०६९ क्षेत्रीय प्रतिभा पुरस्कार (ललितकला, पश्चिमाञ्चल) नेपाल सरकार , २०६९ कला साहित्य सम्मान (श्री नमुना आवासीय उच्च मा वि, कुश्मा, पर्वत ), २०७० विशेष पुरस्कार, तेस्रो राष्ट्रिय ललितकला प्रदर्शनी (नाफा), २०७१ अरनिको युवा कला पुरस्कार ÷स्वर्ण पदक (राष्ट्रिय युवा सेवा कोष )र २०७२ उत्कृष्ट सृजना पुरस्कार (अन्तर्राष्ट्रिय कला महोत्सव , सिमला ,भारत लगायतका डेढ दर्जन भन्दा बढी सम्मान तथा पुरस्कार प्रांप्त गरेका छन् । 

ओमप्रसाद घायल 


ओमप्रसाद घायल माता हिरादेवी उपाध्यया र पिता स्व. महेश्वर उपाध्यायका जेष्ठ पुत्रका रुपमा पैयुँपाटा ३ खोलाखेत बाग्लुङमा वि.स २०३४ पौष १९मा जन्मेका स्रष्टा हुन् । बाग्लुङमा जन्मेर पनि पर्वतलाई आफ्नो कर्मभूमि बनाएका घायल साहित्य क्षेत्रमा मात्रै सिमित नरही पत्रकारिताको क्षेत्रमा पनि उत्तिकै लोकप्रिय र चर्चित स्रष्टा हुन ।

कुरुक्षेत्रको पर्खालभित्र २०५८, शोकधून बाँकी अंश २०६० कृति प्रकाशनमा ल्याएका घायल रेडियो शालिग्राम पर्वतको स्टेशन म्यानेजर, मोदीकालि साप्ताहिकको प्रधानसम्पादक, लाकेतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज केन्द्रिय कार्यसमितिको उपाध्यक्ष, नेपाल पत्रकार महासंघ पर्वतको पूर्वअध्यक्ष, प्रेस युनियन पर्वतको संस्थापक लगायतका एक दर्जन संघसंस्थामा आवद्ध रहेका छन् ।

नेपाल पत्रकार महासंघ पर्वतद्वारा स्थापित सिर्जनशील पत्रकारिता पुरस्कार २०६७, नेपाल प्रेस युनियन पर्वतद्वारा स्थापित हरिमखमली पत्रकारिता पुरस्कार २०६९, नेपाल पत्रकार महासंघ बागलुङद्वारा स्थापित नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार २०७० , नेष्डो नेपालद्वारा स्थापित विकास पत्रकारिता पुरस्कार २०६९ र स्मृति युवा सम्मान २०७३ लगायतका सम्मान तथा पुरस्कारले उनी सम्मानीत भएका छन् ।

समाजमा भएका घटना वा परिवेश होस् वा काल्पनिकमानै किन नहोस यथार्थ परकमा रहेर साहित्यमा कलम चलाउने उनको फुटकर कथा, कविता तथा लेखहरु प्रकाशनमा छन् । शब्दशब्द जोडेर चोटिलो रुपमा प्रस्तुत गर्ने र चसक्क मनमा छुने गरी साहित्यमा कमल चलाउने घायल अब्बल स्रष्टाका रुपमा मानिन्छन् । 


 संगित श्रोता 

संगित श्रोताको बास्तविक नाम यामबहादुर क्षेत्री हो । माता सुमित्रा भुँवाजी र पिता चुडामण्ी उपाध्यायका पहिलो सन्तानका रुपमा बाजुङ २ बाउसेमा जन्मेका स्रष्टा साहित्य र संगित क्षेत्रमा निकै पोख्त रहेका कारणले पनि उनी आफूलाई संगितको खानीको रुपमा परिचत गराउदै आएका छन् । दर्शनाचार्यमा नेपाली विषयमा त्रिविबाट एमफिल गरेका संगितश्रोताले स्नाकोत्तर नेपाली र संकृतिमा त्रिविव, स्नातक नेपाली, संस्कृति, पत्रकारिता पृथ्वीनारायण क्याम्पस, उच्चशिक्षा नेपाली र अंग्रेजीमा नवजागृत उमावि तिलाहार र एसएलसी महेन्द्र शिखरी उमावि बाजुङबाट गरेका हुन् ।

साहित्यमा मात्रै नभई पत्रकारिता क्षेत्रमा समेत निकै अब्बल स्रष्टाका रुपमा मानिने संगितश्रोताले म काठमाडौं आइपुगेँ  कविता सङ्ग्रह (२०६९), फुटकर लेखनः  कविता, गीत, गजल, समीक्षा, समालोचना, निबन्ध आदि विभिन्न पत्रपत्रिका र अनलाइन माध्यममा प्रकाशित भएका छन् भने सङ्गीतः चरी लैजा समाचार, मै उडी जाने कहाँ लगायत एक दर्जन गीतमा शब्द र सङ्गीत तथा नयाँ पत्रिका, कान्तिपुर, नागरिक, शुक्रबार, मूल्याङ्कन, अन्नपूर्ण लगायत पत्रिका र विभिन्न अनलाइनहरुमा सांस्कृतिक र समसामयिक विषयमा लेखन गर्दै आइरहेका छन् ।

संगितश्रोताले समाचार दैनिक (२०६९) मा समाचार–सम्पादक, कार्यकारी सम्पादक, मूल्याङ्कन अनलाइन (२०७२–२०७३) , डेस्क सम्पादक, ,सम्पादक, वेदना साहित्यिक त्रैमासिक, सम्पादक–सदस्य, प्रलेस, साहित्यिक पत्रिका, सम्पादक, गहुँगोरो अफ्रिका, (कवि– आहुति) कविता सङ्ग्रह,नेपालखबर डटकम (२०७३– हालसम्म) कार्यरत हुनुका साथै विभिन्न साहित्यिक तथा अनुसन्धानमूलक पुस्तकहरूको सम्पादन, भाषा–सम्पादन तथा साहित्यिक पत्रिकाहरू सम्पादन गर्दै आइरहेका छन् ।


 भरत विवश पौडेल 

भरत विवश पौडेल पाङ ९ पर्वतका साहित्यक स्रष्टा हुन् । माता अप्सरा शर्मा र पिता स्व. धर्मानन्द उपाध्ययाका सन्तानका रुपमा जन्मेका पौडेलले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । निजामति सेवामा रहेका उनले ओझलको सुवास २०५८, सीमान्त अक्षरहरु २०५८ लगायतका कृषि प्रकाशनमा ल्याएका छन् ।

पौडेल रत्न श्रेष्ठ क्षेत्रीय पुरस्कार २०६९बाट सम्मानीत हुनुको साथै दर्जनौ कविता प्रतियोगितामा प्रथम हुनुका साथै विभिन्न संस्थाहरुबाट सम्मानित भएका स्रष्टा हुन् ।



आर के अदिप्त गिरी


पछिल्लो समयमा फोटो पत्रकारका रुपमा स्थापित भएका आर के अदिप्त गिरी २०४१ जेठ १७ गते बाग्लुङको जैदीमा जन्मेका स्रष्टा हुन् । बाग्लुङ जिल्लामा जन्मेर पनि पर्वतमा रही फोटो पत्रकारितमा क्रियाशिल गिरीका  नगरा घन्कन्छ गजलसंग्रह २०६५, शब्द संगीत संयुक्त गजल संग्रह २०६२, सीमान्त अक्षरहरु कविता संग्रह २०६८ कृति प्रकाशनमा रहेका छन् ।

ऋतुरंग कला साहित्यिक द्धैमासिक, अक्षमाला साहित्य मासिक, इसमाकालिन नेपाल गजल २०६४, आजको गजल गायन भिसीडी २०६४, निगालो( कला साहित्यिक वेव पत्रकारितामा सम्पादन गरेका गिरीले नाटक उभार (लेखन, निर्देशन तथा अभिनय) इन्द्रजात्रा(लेखन तथा निर्देशन) टु फर द सिस मा अभिनय समेत गरेका स्रष्टा हुन ।

उनले दि म्याप अफ क्लामेट, फ्रम अफ व्युटी फोटोकथा, अर्ली इमैजेज अफ पर्वत फोटोकथा प्रदर्शनी समेत गरिसकेका छन् । नवआवाज प्रतिभा पुरस्कार २०६१, परिर्वतन सचेतना अभियान नेपाल सम्मान तथा अभिनन्दन २०६२, सामुदाष्कि विकास मंच बाग्लुङ २०६२, सिआरआइ सन् २००५, नेश्नल जियोग्राफिक सोसाइटी युएसए २००५, युथ एसिया अवार्ड २००८, राष्ट्रिय कविता महोत्सव २०६३ लगायतका एक दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

मलसिया, सिंगापुर, थाइल्याण्ढ, हङकङ, बेलायत, चीन, बङ्गलादेश र भारतका प्रमुख शहरहर घुमेका उनी ऋतुरंग फाउण्डेशनका निर्देशक, सिर्जनशिल नाट्य समुह, संरक्षण कविता आन्दोलन नेपाल, पर्वत साहित्य संगम, अनाममण्डली लगायतका विभिन्न संघसंस्थामा समेत आवद्ध रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!