गजल–जिबित रहदाको पीडा, फुकाएर पछुतो भो

Posted on: 11 Feb, 2017

तिर्सना तिमिल्सिना

पलपलमा ब्यर्थै मुटु, सुकाएर पछुतो भो ।।

नयनमै सारा आसु, छुपाएर पछुतो भो ।।


सुखि नै त देखिन्थें म, यथार्थमा जिउदाखेरी ।।

अनायासै आफ्नो चित्त, दुखाएर पछुतो भो ।।


आफ्नै छाया यस्तो, निष्टुर होला सोचिन म ।।

दुख पर्दा शिर यो सधै झुकाएर पछुतो भो ।।


अचम्मकि मान्छे भनी, चिनिएछु सन्सार मै ।।

चोटैचोटमा मिथ्या हाँसो, मुस्कुराएर पछुतो भो


मृत्युु ले  छिटो, लान्छु भन्ने सोच्या छ रे ।।

जिबित रहदाको पीडा, फुकाएर पछुतो भो

–देउपुर ४ पर्वत


यस बिषयमा तपाइको प्रतिक्रिया...!