गजल–तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो

Posted on: 11 Feb, 2017


विनिता हमाल ठकुरी

एउटै थियो गन्तव्य त बाटो फरक भयो

एउटै थियो टेक्ने धर्ती माटो फरक भयो ।।


मायाले मन रेट्दो रैछ घायल बनाएर

बिछोडको घाउ मन भरी छ खाटो फरक भयो  


तिमी मेरो हैन रैछौ म पनि त अर्कैकी थिए 

तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो ।।

– पोखरा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!