गजल -एकान्तमा एक्लै छेक्न मन लागेको छ ।।

Posted on: 03 Mar, 2017

गजल 

तारादेवी सुनुवार 

कस्तो छौ भित्र भित्रै हेर्न मन लागेको छ

सुटुक्क अंगालोमा बेर्न मन लागेको छ ।


हावा हुरी संग आज लडाई खेल्दै 

तार बार छिचोलेर घेर्न मन लागेको छ ।।


जुनकिरीले जिस्काउदा अध्यारोलाई नै चिरेर

उज्यालोमा विस्तारै हेर्न  मन लागेको छ ।।


बोलाउ कि  सुटुक्कै मन भित्रको घरमा 

एकान्तमा  एक्लै छेक्न मन लागेको छ ।।

कुश्मा, पर्वत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!