कविता - अनुशासन खोई

Posted on: 19 Aug, 2017

-रामेश्वर पौडेल

हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी 

पढाउन आउँ छन गुरु लाज सरम मारी

सर्टको बाहुला एउटा माथि अर्को तल झारी

नागा बाबा बिर्साउने गरी पालेका लामा दारी

हस्यांग फस्यांग दौडिएर कक्षा कोठा आउने

हिलो माटो फोहर्को छिट्टा भएको लुगा लाउने

कहिले नेता कहिले मन्त्री कहिले पार्टी तिर 

शिक्षाको गुणस्तर गिर्दो झनझन तल तिर

नेता मन्त्री भनाउदालाई ओसारी घिऊ मह

आफ्नो दुनो सोझ्याउछन् शिक्षामा न पुरिने दह

हेड मास्टरलाई मान्दैनन् यी हिड्छन् शान दिई 

काम कर्तव्य आफ्नो केहो सबै यिनले बिर्सिई

आदर्शको कुरा गर्छन यिनै अघि सरी

विद्यार्थीको भविष्य माथि खेलवाड़ गरी

चाकडि र चाप्लुसिले जागीर खान पाको

यस्ता शिक्षक देख्दा खेरी हाम्लाई लाज लाग्यो

-बूढानीलकण्ठ काठमाडौं।

यस बिषयमा तपाइको प्रतिक्रिया...!