जोशी केन्द्रिय सदस्यमा मनोनित

Posted on: 01 Jan, 2017

पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा पक्षमा मन्त्री बन्नको लागि गुट परिर्वतन गरेका भनी आलोचित भएका जोशीलाई देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका हुन । 

समूह परिर्वतन गरेर केन्द्रिय सदस्य पदमा उठेको उनका समर्थकबाट गुनासो आइरहेको बेलामा उनी महाधिवेशनमा पराजय हुन पुगेका थिए । महाधिवेशनमा पराजय भएपछि तत्तकाले उनले जिल्लामा विशेष भेलाको आयोजना गरी आफ्ना कार्यकर्तालाई मन्त्री पदको लागि नभई पार्टी भित्रको गुटबन्दीको एकिकरणको लागि आफु देउवा पक्षमा नभई नेतृत्वको पक्षमा लागेको बताउँदै आएका थिए । उनी मन्त्री बन्न नपाएपछि देउवासँग आक्रोश भएको भनी टिप्पणी पनि बाहिर आएका थिए । २०५६ सालदेखि राजनीतिमा सक्रिय रुपमा लागेका जोशी पर्वत क्षेत्र नं १ बाट लगातार ४ पटक सम्म सांसदमा विजय भएका छन् ।

महाधिवेशनमा पराजय भएरपनि केन्द्रिय सदस्यमा पुन मनोनय तर्फबाट उनी तेस्रो पटक सदस्य बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!