पर्वतको मोदी गाउँपालिकामा एमालेका पौडेल अत्याधिक बहुमतले बिजयी

Posted on: 18 May, 2017

पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को मतको अन्तरले बिजयी हुनुभएको हो । पौडेलले ५ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् छ भने नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकास प्रसाईले ३ हजार ८ सय १९ मत प्राप्त गरे ।



त्यसैगरी उपप्रमुख पदमा पनि नेकपा एमालेकै सेती महत बिजयी भएकि छिन् ।  उनले ५ हजार ३ सय ९६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसकी उम्मेदवार मिना केसीले ३ हजार ८ सय ३४ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा वडा नंं १ मा नेपाली काँग्रेसको प्यानलनै बिजयी भएको थियो भने अन्य ७ वटा वडामा एमालेको प्यानलसहित बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!