मातृभूमीले वितरण गर्यो तीन लाख बराबरको राहत

Posted on: 26 Aug, 2017

पर्वत । मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग संकलन गरेको रकम र राहत सामाग्री लिएर तराइ झरेको मातृभूमीका पर्वत सेवा समाजले सप्तरीको पकरीमा झण्डै तीन लाख बराबरको खाद्यन्न सामाग्री तथा लत्ताकपडा वितरण गरेको हो ।


संस्थाले सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चको व्यवस्थापन र पर्वत सेवा समाज इजरायल शाखाको आर्थिक सहयोगमा शनिबार राहत वितरण गरेको संस्थाका सचिव अजुर्नपौडेल निर्जनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!