लज्जासपद हार व्यहोरेको काँग्रेसले ७५ बर्षिय बृद्धलाई ज्यान मार्ने धम्की दियो भिडियो सहित

Posted on: 12 Dec, 2017

पर्वत /निर्वाचनमा सहयोग नगरेको भन्दै नेपाली कांग्रेसका नेताले ज्यान मार्ने धम्की दिएको भन्दै ७५ बर्षिय बृद्धले जीवन रक्षाको अपिल गरेका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ६ का ७५ बर्षिय बृद्ध खडानन्द आचार्यले निर्वाचनको परिणाम घोषणा भएपछि आफुँलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको भन्दै जीवनरक्षाको अपिल गरेका हुन ।

आचार्यले जीवन रक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन भने प्रेस बिज्ञप्ती समेत प्रकाशित गरेका छन । उनलाई ९८५७६३०००२ नम्बरको मोबाइल र ०६७–४२०११६ नम्बरको टेलिफोनबाट मंसिर २३ गते तेरो डडाल्नु भाँचेर मार्दिन्छु भनेर धम्की दिएको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा ७५ बर्षिय जेष्ठ नागरिकलाई मान मर्दन हुने गरी मार्ने, पिट्ने, कुटपिट गर्ने धम्की दिने ब्यक्तिको नियत प्रति गम्भीर शंका भएका कारण मोबाइल नम्बर र टेलिफोन कस्को हो पत्ता लगाई निजलाई आवश्यक काबार्ही गरि मेरो जीवन सुरक्षाका लागि सम्बद्ध निकायहरु संग अपिल गरिएको छ ।

बिज्ञप्तीमा नाम उल्लेख नभएपनि उक्त मोबाइल र फोन नम्बर नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी युवराज जोशीको हो । पर्वतमा प्रतिनिधीसभामा पराजित कांग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीका भाई हुन ।

यसबारेमा सम्पर्क गर्दा निमिक्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले आचार्यको निवेदन प्राप्त भएको टेलिफोन नम्बर पत्ता लगाउन र आवश्यक काबार्ही गर्न जिल्ला प्रहरी कार्यालय पर्वतमा लेखेर पठाएको बताए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!