मलाई मन्त्री बन्न रोक्न सक्ने कसैको क्षमता छैन, म मन्त्री हुन्छु, हुन्छु – नेत्रनाथ अधिकारी -(भिडियो

Posted on: 20 Dec, 2017

पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज समेत रहेका अधिकारीले आफूभन्दा माथिल्लो तहको माओवादीमा कुनै पनि नेता नभएका कारण प्रदेश ४ मा आफू मन्त्री बन्ने पक्का नै भएको खुलसा गरेका छन् ।

मन्त्रीमा मेरो दाबी छ र हुन्छु पनि , मभन्दा माथिल्लो तहको नेताहरु प्रदेश ४ मा छैनन त्यसैले मेरो मन्त्री हुने सम्भावना छ । उनले एक टेलिभिजमा दिएको अन्तरबार्तामा भनेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त बामगठबन्धनको तर्फदेखि आफू प्रदेश ४ मा मन्त्री बन्ने उनले बताए पनि कुन मन्त्री भन्ने बारे खुलाएका भने छैनन् ।


उनले माओवादी र एमालेविच ६०÷४० को भागबण्डाको आधार तयार भएका कारण आफू मन्त्री बन्नेमा विश्वस्त रहेको बताएका छन् ।

अधिकारीले नेकपा एमाले र माओवादी केन्द्रविच एकता हुने समेत बताए । उनले माथिल्लो तह देखि तल्लो तहसम्म एकताको लागि समिति समेत गठन गरी सोही अनुसार प्रक्रिया अगाडि बढेको बताउँदै उनले ढिलो चाँडो एकता हुने बताए । उनले एकता नभए नेपाली जनताले अब नछोड्ने समेत तर्क गरे ।

नेपाली जनताले एमाले र माओवादीलाई एक हुनको लागि पनि प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत दिएर आफ्नो जनादेश दिएकोले अब एकता भएरै छाड्ने उनले बताए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!