अर्जुन जोशीले भने मैले गरेका कामहरुको स्वेतपत्र जारी गर्छू (भिडियो सहित)

Posted on: 24 Dec, 2017

पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् ।


१८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका कामहरुको विवरण संकलन गरेर स्वेत पत्र जारी गर्ने उनले बताएका हुन् ।

मंसिर २१ मा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई जिल्लाको विकास नगरेको भनी प्रचार गरेको बताउँदै उनले आफूले गरेका कामहरुको नामलिष्ट सार्वजनिक गर्ने बताए ।

जोशिले आफू पराजय हुनुको कारण अन्तरघात भएको पनि बताएका छन् । पार्टी भित्र अन्तरघात भएका कारण आफूले हार व्यहोर्नुपरेको उनले बताए ।

भिडियो



यस बिषयमा तपाइको प्रतिक्रिया...!