जीवन शर्मा एकल साँझ ः परदेशी तिमी फर्कि आउ [भिडियो]

Posted on: 10 Nov, 2019


पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेडमा छोडेर राष्ट्रिय अखण्डताका गीत गाउँदै सामान्तबाद, विस्तारबादविरुद्ध एक हुन अनुरोध गर्दै हिडेका छन् ।
देशमा भएका निरङ्कुश शासनको विरुद्धमा जनबादी गीत गाउँदै हिडेका जनगायक जीवन शर्माले आफूलाई भन्दा अहिले ठूलो पीडा देशलाई परेको भन्दै सबै एक हुन आग्रह गरे । उनले भने यतिबेला म पीडामा छु तर त्योभन्दा बढी पीडामा देश छ । त्यसैले यो हामी सबैको साझा पीडा हो । एक भएर पीडामुक्त हुन लाग्नुपर्छ उनले भने ।

लायन्स क्लब अफ शिवालय कुश्माले आयोजना गरेको ‘जीवन शर्मा एकल साँझ’ मा कालापानीको चोट परिवारको पिडा भन्दा कयौ गुणा माथि रहेको भन्दै राष्ट्रियताको लागि एक हुनुपर्ने उनले बताएका हुन् ।
कार्यक्रममा उनले ‘चाहिदैन मलाई कालो धन‘‘’ ‘आकाशमा बादलु छैन‘.’ ‘फोकल्याण्डको टाँपुबाट..’, आधी रातमा हुरी चल्दा..’ परदेशी तिमी फर्की आउ..’ लगाएतका एक दर्जनभन्दा बढि गीतहरु सुनाए ।
आयोजक लायन्स क्लब अफ शिबालयले गायक शर्माका छोराको उपचारको लागि आर्थिक सहायता समेत गरेको थियो ।

भिडियो 




यस बिषयमा तपाइको प्रतिक्रिया...!