पचास किशोरीलाई प्रजनन स्वास्थ्य तालिम

Posted on: 14 Jan, 2017

पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ । पिपलटारीमा रहेको जनक माध्यामिक विद्यालयमा रहेका ५० जना किशोरीहरुलाई महिला तथा बालबालिका कार्यालय पर्वतले एक दिने प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखि कार्यक्रम तथा प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमको आयोजना गरेको हो । सो कार्यक्रममा उक्त विद्यालयका ७,८ र ९ का १३ देखि १७ बर्ष उमेर समुहका किशोरीहरुलाई उक्त तालिम दिइएको थियो । 

उक्त कार्यक्रममा महिनावारीको अबस्था, लक्षण र व्यवस्थापन सम्बन्धि जानकारी गराइएको महिला तथा बालबालिका कार्यालयकी निमित्त कार्यालय प्रमुख तारा सुनुवारले जानकारी दिइन । सो कार्यक्रममा किशोरीहरुलाई किशोर अबस्थाका लक्षण, यौन अबस्थाका साथै विशेष गरी महिनावारी व्यवस्थापनको लागि जानकारी गराइएको उनले साझासबाल्लाई  बताइन् । 

महिलाहरु प्राकृतिक रुपमा महिनावरी हुन्छन तर यो बारेमा समाजले गर्ने व्यवाहार र बुझाईले महिलाहरुको प्रनन स्वास्थ्यमा अप्रत्यक्ष असर परेको कुरालाई मध्यनजर गर्दै महिला र किशोरीहरुलाई जिल्लाका देउराली,देउपुर,तिलाहार,पिपलटारी र शालिजा गाविसहरुमा यो तालिम संचालन  महिला तथा बालबालिका कार्यालय अन्र्तगत रहि  जापनिज स्वयेम सेवक युकि यामामोतोले गर्दै आएकी उनले भनिन् ।

उक्त कार्यक्रममा गरिएको सर्वेक्षण अनुसार महिनावारीको बारेमा थाहा नपाएको ४ ले बताए । भने ९६ प्रतिशतले शरीरबाट निस्कने नराम्रो रगत हो भनेर बुझेको थिए ।  विधालयमा अध्यानरत १३ प्रतिशत छात्राहरुले महिनावारीको बेलामा कक्षा छोड्ने गरेको पाइएको थियो सोही तथ्यांकलाई मध्यनजर गरि तालिम संचालन गरिएको थियो । तालिमको सहजीकरण जापनिज स्वयेम सेविका युकि यामामोतो र महिला तथा बालबालिका कार्यालयका प्रमुख तारा सुनुवारले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!