सरस्वतीमा माविमा विद्यार्थीलाई योग शिक्षा

Posted on: 16 Jan, 2017

पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदान गरिएको छ । स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घरघरबाट योग अभियान शुरु गर्नुपर्छ भन्ने अभिप्रायका साथ आत्मनिरीक्षणद्वारा आफ्नो परिबर्तनको लागी भन्दै योग शिक्षा दिइएको विद्यालयले जनाएको छ । आनपान सती ध्यान बिधि,बुद्धद्वारा समाधिको निम्ति प्रयोगमा ल्याइएको बिधि, शान्तिको लागि बुद्धको स्तुति लगाएतका ध्यानहरु विद्यार्थी र शिक्षकलाई सिकाइको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर पौडेलले बताए ।

कार्यक्रममा रुचिपूर्ण सहभागिता समेत भएको र आध्यात्मिक चेतना जागरण को अभियान को रुपमा योगालाई लिइएको उनले बताए । पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीलाई दोस्रो चरणमा ७,८ र ९ का विद्यार्थी र तेस्रो चरणमा शिक्षक र अभिभावकलाई योग शक्तिको बारेमा जानकारी गराउने तयारी भैराखेको विद्यालयले जनाएको छ । राष्ट्रिय योग दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सहभागीहरुले शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउपनी योग आवश्यक रहेको बताएका थिए ।  मानिस स्वस्थ्य रहेमा मात्र समाज स्वस्थ्य रहने भन्दैै योग आवश्यक रहेको  कार्यक्रममा बताइएको थियो ।  कार्यक्रममा काठमाडौं र पोखराबाट योग गुरुहरु  आएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!