प्रजनन स्वास्थ्य सुधारका लागि प्रशिक्षण

Posted on: 18 Feb, 2017

पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीएको छ ।


जिल्ला विकास समिति कार्यालय पर्वतको आयोजना तथा महिला तथा बालबालिका कार्यालय पर्वतको संयोजनमा भएको उक्त कार्यक्रममा ५० परिचालिकाहरुलाई सो सम्बन्धी प्रशिक्षण तालिम दिइएको हो ।


महिनावारी सम्बन्धी सचेतना गाउने अभिप्रायका साथ महिनावारी सम्बन्धी ज्ञान तथा    सिनेटरी प्याड निर्माण गर्ने कार्य दुइ चरणमा गरी सामाजिक परिचालिककाहरुलाई तालिम दिइएको  हो ।


पहिलो चरणमा हुवासमा इन्पेड नेपाल र सेक्रेट नेपालबाट परिचालित २० सामाजिक परिचालिका र दोस्रो चरणमा नगरपालिका अन्र्तगतका ३० जना सामाजिक परिचालकहरुलाई सो तालिम दिइएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख तारादेवी सुनुवारले बताईन ।

कार्याक्रममा बोल्दै सभासद कल्पना शर्मा जोशीले महिनावारी प्राकृतिक नियम भएता पनि कतिपय समाजमा अझै पनि त्यसलाई छाोइछिटोका रुपमा लिने र महिलामाथि हिंसा गर्ने गरेको बताईन । 


अझै पनि सुदुरपश्चिमका जिल्लाहरुमा महिनावारी भएको बेलमा महिलाहरुलाई छाउपडिमा राख्ने चलन रहेको भन्दै जबसम्म महिलाहरु आफै सचेत भइ बाहिर आउँदैनन तब सम्म यस्ता कुप्रथाहरु समाजमा रहिरहेन भन्दै महिलाहरु अगाडि बढ्न र महिनावारी सम्बन्धी खुलेर जानकारी हासिल गर्नुपर्नेमा जोड दिइन । 


उनले जिल्लामा महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरिन् । उनले आगामि दिनमा सांसद विकास कोषबाट महिलाहरुकालाई महिनावारी सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको लागि रकम विनियोजन गर्ने समेत उनले प्रतिबद्धता जनाईन । महिनावारी अनियमित वा गडबढी हुने र महिनावारीको समयमा अपनाउपर्ने सुरक्षा नअपनाउदा महिलाहरुको पाठेघर सम्बन्धि लाग्ने रोगको संक्रमण बाट जागाउने यो कार्यक्रम फलदायी रहेको समेत उनले बताइन ।


स्थानिय विकास अधिकारी युवराज पाौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज संजालका अधयक्ष राजेन्द्र पहाडि, सिडिआरएफ संस्थाका कार्यक्रम व्यवस्थापाक गणेश क्षेत्री  र निमित महिला विकास अधिकृत तारा सुनुवारले लगायतले बोलेका थिए भने कार्यक्रमको संयोजना दिपेन्द्र शर्माले गरेका थिए ।

कार्यक्रमको उदेश्यबारे सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले प्रकाश पारेका थिए भने कार्यक्रम संचालन सोडेक नेपाल सामाजिक परिचालन संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए । 


महिला तथा बालबालिका ले पहिले चासो नदिएकोले कार्यक्रम ३ गाविसमा सिमिति भएको र हाल तारा सुनुवार आए पछि सहयोग       गरेकोले छोटो समयमा धेरै जनालाई तालिम संचालन भएको र हाल आफु जाने बेला भएको समेत यूकीलेले बताइन् । उनले जिल्लामा    महिनावारी सम्बन्धी सचेतना दिने काम गदै आएता पनि सुनुवारपछि कामले तिब्रता र निरन्तरता पाएको बताइन् । जापनिज स्वयसेवीका यूकि यामामोतीले नै प्रशिक्षण दिएकी     थिइन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!