बाल विवाहका आरोपीलाई गुल्मी अदालत पठाईयो

Posted on: 19 Feb, 2017

पर्वत ।पर्वत लिमिठाना घर भएकी १५ वर्षिया कुश्मा कुमारी (नाम परिर्वतन) बालिकालाई ललाई फकाई बाल विवाह गरेको आरोप लागेकाहरुलाई आवश्यक कारवाहीका लागि गुल्मी जिल्ला पठाईएको छ । 

महिला तथा बालबालिका कार्यालय पर्वतमा परेको निवेदनको आधारमा बाल विवाह गराउने २ महिला सहित बालिका र उनलाई विवाह गर्ने खड्गकोट गाविसका २१ वर्षिय पवन ढकाललाई गुल्मी जिल्ला अदालतमा पठाइएको हो । उनीहरुसँगै सो विवाहमा संलग्न रहेका भनिएका सिता कडेँल र उनका श्रीमान नारायण कडेँल समेतलाई आवश्यक कारवाहीको लागि गुल्मी पठाइएको हो ।

बालिकाले दिएको निवेदन अनुसार पर्वत शंखरपोखरी(९ वस्ने शुशिला भुसाल र लिमिठाना २ बस्ने सिता भुसालले गत माघ २५ गते घरमा बोलाएर ललाई फकाई विवाह गराइदिएको निवेदकले महिला तथा बालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

बालिकाका अनुसार आँफूलाई केही थाहा नभएको अवस्थामा उनीहरुले विवाह   गराएकाले कारवाहीको माग गरिएको छ । यता जिल्ला प्रहरी कार्यालयले भने विवाह गर्ने केटा पक्षको घर गुल्मी जिल्ला भएकाले पर्वतमा कारवाही गर्न नमिल्ने भएपछि थप अनुसन्धान र  कारवाहीको लागि गुल्मी जिल्लामा पठाइएको जनाएको छ ।

बाल विवाह गराउने तथा गर्नेलाई कानूनी व्यवस्था अनुसार कारवाही गर्नुपर्ने भएकाले सम्बन्धित जिल्लामा पठाइएको महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख तारा सुनुवारले जानकारी बताइन् । 

बालबालिकाका विषयमा यथेष्ट जानकारी नहुँदा यस्ता घटनाहरुले प्रश्रय पाएकाले सचेत गराउन समेत जरुरी रहेकाले कारवाहीको प्रक्रिया अगाडी बढाइएको उनको तर्क छ । पीडित पक्षको उजुरीका आधारमा महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र आवश्यक प्रक्रिया पुरा गरेपछि थप कारवाहीको लागि गुल्मी पठाएको बुझिएको छ । 

जिल्ला अदालत गुल्मीमा मुद्धा चलान हुने गरी पठाइएको छ । सो कुरा अदालतले पुष्टि गरे आरोपितलाई ६ महिना जेल सजाय र १० हजार जरिवाना वा दुवै सजाय हुनेछ ।

जिल्लामा पछिल्लो समयमा एक पछि अर्को बालविवाहका घटना घटिरहेका छन् तर सचेतना र बालउत्थानको लागि भन्दा पनि बालविवाह गराउने     आरोपितहरुलाई जिल्ला प्रहरी कार्यालयमै मिलाउने गरिएको पाइएको छ ।

घटना बाहिर आउन नदिनको लागि साम्य पार्नको लागि समेत रककमा भरमा यस्ता घटनाहरुको मिलान हुने गरेको र अदालत नपुग्ने गरेको   सरोरकारवला स्वयम स्वीकार    गर्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!