यसरी गरियो भिवाससिसीका संयोजक देवराज पुरी लाइ रानीपानी बाट बिदाई

Posted on: 24 Jul, 2017

पर्वत भिवाससिसीका संयोजक देवराज पुरी लाई पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानी बाट बिदाई गरिएको छ ।   लामो समय सम्म भिवाससिसीका रानीपानीको संयोजक भएर काम गरेका पुरी लाई शनिवार वडा कार्यालयको प्राङगणमा एक कार्यक्रमका बिच बिदाई गरिएको हो । बिदाई कार्यक्रममा वडा अध्यक्ष रण बा.आलेले पुरीको योगदानलेनै रानीपानी लाई सरसफाई युक्त उन्मुख वडा घोषणाको अन्तिम चरणमा पुग्न सकिएको बताउनुभयो ।

http://phalewassandesh.com/userfiles/

सरसफाइ सम्बन्धी नीति निर्माण र कार्यक्रम कार्यान्वयन तहमा अहम् भूमिका खेल्ने मुख्य सरोकारवालाहरुलाई एकै थलोमा ल्याई सरसफाइका जल्दाबल्दा सवालहरुमा छलफल गरी राय सुझाव सङ्कलन गर्न कोशेढुङ्गा सावित हुन पुगेको उहाँको भनाई थीयो ।      आनीवानी र व्यक्तिगत सरसफाईका साथै सबै घरमा सुधारीएको चुल्लोको निर्माण, खानेपानीको सहज आपूर्ती र ढल तथा फोहोर ब्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।   

http://phalewassandesh.com/userfiles/

 सरसफाई समितिका अध्यक्ष गुण बा.सुनारको अध्यक्षतामा सम्पन्न भएको बिदाई कार्यक्रमको स्वागत मन्तव्य अनिल मास्के र सञ्चालन राम प्रसाद पराजुलीले गर्नुभएको थीयो ।  रानीपानी लाई जिल्लाको तेस्रो सरसफाई युक्त उन्मुख वडा घोषणा गरिने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । रानीपानीबासीहरु सरसफाई अभियानमा निरन्तर जुटीरहेका छन् । गाबिसका सम्पुर्ण घरधुरीले सरसफाईका सुचकहरु पुरागरेपछी गाबिस लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिन लागेको छ ।सरसफाईका आधारभुत मापदण्ड पुरा भएपछि स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै गाउँको पहिचान फेरीने र प्रतिष्ठा बढ्ने अपेक्षा गरिएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!