सांसद विकास लम्सालले भने– नागरिकलाइ सक्षम गराउने लोकतन्त्र अझै स्थापित भएको छैन

Posted on: 25 Sep, 2017

पर्वत । नेकपा एमाले क्षेत्र नं २ पर्वतका सांसद विकास लम्सालले अझै पनि देशमा नागरिकलाई सक्षम बनाउने लोकतन्त्र स्थापित हुन नसकेको बताएका छन् । 

नागरिकहरुको हक अधिकारहरु नेपालको संविधान २०७२ मा संरक्षित भएता पनि पूर्णरुपमा संविधान कार्यन्वयन भैनसकेकोले अझै पनि नागरिकलाई सक्षम बनाउने लोकतन्त्रको अभ्यास हुन नसकेको बताएका हुन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

संविधान कार्यान्वयनकै पक्षमा छ । पहिलो चरणमा स्थानीय तहको चुनाव सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुन अझै बाँकी छ । जसका कारण पनि लोकतन्त्रले स्थापित गरेको नेपालको संविधान २०७२ कार्यान्वयनकै चरणमा रहेका कारण पनि लोकतन्त्रले नागरिकलाई सक्षम बनाउन अझै नसकेको उनले बताए । 

नागरिकलाई सक्षम बनाउनको लागि उत्पादनमुखि बन्नुपर्नेमा उनलेको जोड थियो । उनले कृषि पशुपालन व्यवासयीको माध्यमबाट नागरिकलाई सक्षम बनाउन सकिने र त्यसको सम्भावना जिल्लामा रहेको बताए । 

जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि राजनीतिक दलहरु, नागरिक समाज मिलेर अगाडि बढेमा र युवाहरुलाई लघुउद्यममा प्रोत्साहन गर्न सकेमा लोकतन्त्रमा सक्षम नागरिक उत्पादन गर्न सकिने उनको तर्क थियो ।

बैकमा नागरिकको विजोकप्रति चिन्ता 

सांसद लम्सालले दशैको बेलामा आवश्यक पैसाका लागि बैकमा नागरिकको भीड लागेको देख्दा चिन्ता लागेको बताएका छन् । नेपाल बैक तथा अन्य बैकमा खुद्रा र नयाँ नोटका लागि नागरिक घन्टौसम्म लाइनमा बस्दा समेत पैसा पाउन नसक्नु स्थानीय प्रशासनको कमजोरी भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । 

राज्यले दशैको लागि करोडौ रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ तर जनताको हातमा अझै नयाँ नोट परेको छ । कमसे कम दशैको बेलामा नागरिकलाई आवश्यक नयाँ नोट समयमा पाउने व्यवस्था स्थानीय प्रशासनले मिलाउन नसक्नु आफैमा दुखद भएको भन्दै यसप्रति ध्यान जान आवश्यक रहेको औलाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!