पत्रकार पौडेलद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्ने घोषणा

Posted on: 17 Nov, 2017

मङ्सिर १, काठमाडौँ । सञ्चार क्षेत्रमा काम गर्दै आएका पत्रकार तथा सञ्चारकर्मी जि.पि.पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर बिद्यालयमा पढ्ने बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।


२५ औँ जन्मदिनको अवसर पारेर बिहिबार एक कार्यक्रममा उहाँले १० हजार रुपैया बराबरको शैक्षिक सामाग्री पर्वतमा रहेका बिद्याथीहरुलाई सहयोग गर्ने बताउनुभएको हो । जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटाएर बिद्यार्थीलाई सहयोग गरे केहि बिद्यार्थीको भबिष्यमा केही राहात हुने उहाँले बताउनुभएको थियो ।

पर्वतको फलेवासमा जन्मिनु भएका पौडेलले केहि दिनपछि पर्वत पुगेर सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताउनुभएको थियो । हाल संचारकर्मी तथा पत्रकार पौडेल काठमाण्डौं का बिभिन्न संचार माध्यम तथा सामुदायिक रेडियो हर्मी गोरखामा कार्यरत हुनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!