गुप्तेश्वर बहुमुखी क्याम्पसले पायो नयाँ प्रमुख र सहायक प्रमुख

Posted on: 26 Dec, 2017

पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पदस्थापना एक कार्यक्रमका विच सम्पन्न भएको छ । 

क्याम्पस संचालक समितिको पुस ३ मा भएका निर्णय अनुसार क्याम्पस प्रमुख सुभाष पन्त र सहायक क्याम्पस प्रमुखमा ओमकार गिरीलाई नियुक्ति गरिएको थियो ।


मंगलबार भएको पदस्थापना कार्यक्रममा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा नियुत्त भएका पन्त र गिरीले आफू पदीय जिम्मेवारी अनुसारको कार्य गर्दै क्याम्पसको बृहत्तर हितमा अघि बढ्ने बताएका छन् ।

क्याम्पसको शैक्षिक,आर्थिक, भौतिक र अन्य आवश्यक पक्षहरुलाई दिगो बनाउने र क्याम्पसको गुणस्तर बृद्धिको लागि सदैव प्रयत्नरत रहने जनाएका छन् ।

क्याम्पस संचालन समितिका अध्यक्ष  शुन्दरप्रसाद जोशी, निर्वतमान क्याम्पस प्रमुख रामजी प्रसाद सुवेदी, निर्वतमान प्रध्यापक संघ सभापति नवराज श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रध्यापक संघका उपसभापति दिपेन्द्र न्यौपानेको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!