सञ्चारिका समुह पर्वतमा अधिकारी

Posted on: 20 Jan, 2018

क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु गौतम, सचिबमा शान्ति सुवेदी सहसचिबमा संगिता केसी र कोषाध्यक्षमा सोनु राना चयन भएका छन् ।


त्यसैगरी सदस्यहरुमा मुना शर्मा लामिछाने, रञ्जना खत्री क्षेत्री, मिना पराजुली, सृजना शर्मा, सन्तोषी केसी, दुर्गा शर्मा, रिता थापा, लिबियाना चौहान, हुमा पुन र शिला पाण्डे  चयन भएका छन् ।


नवनिर्वाचित समितिले जिल्लाको समग्र पत्रकारिताको विकासका निम्ति सक्रिय हुने जनाएको छ ।  त्यस्तै महिलाहरुको पेशागत सुरक्षाका लागि पनि समितिले पहल गर्ने अध्यक्ष अधिकारीले बताईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!