पश्चिमाञ्चल महिला महोत्सवमा निशुल्क स्त्री, मुटु तथा पेटरोगको उपचारको हुने

Posted on: 24 Feb, 2018

फागुन १२, पर्वत । पश्चिमाञ्चल महिला महोत्सव आउन अब ५ दिनमात्रै बाँकी छ । 

महोत्सवलाइ सफल बनाउनको लागि प्रचारप्रसारको काम तिब्र रुपमा पारिएको छ । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । 

महोत्सवमा निशुल्क स्वास्थ्य उपचार समेत संचालनमा आउने भएको छ । सहारासिटी हस्पिटल पोखराको आयोजनामा स्त्रीरोग, पेट तथा मुटुरोग सम्बन्धी शिविर संचालन हुने आयोजकले जनाएको छ ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर रेडियो दिदीबहिनीले आफ्नो आठौ बार्षिक उत्सवको अबसरमा जिल्लाबासीलाई यो अबसर दिने भएको हो । जिल्लाको लोकसंस्कृतिको पहिचानका सहित स्वास्थ्य शिविर पनि संचालन गर्ने तयारी भएको रेडियोको स्टेशन म्यानेजर एवं पूर्व सांसद कल्पना चापागाइले जानकारी दिइन । 

महोत्सव ११ दिनसम्म चल्ने छ । महोत्सवमा महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, देशभरमा रेडियोमा कार्यरत महिला स्टेशन म्यानेजरलाई सम्मान, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोगले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।

त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ । कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!