‘प्रेमिकाले गर्भवती भएँ’ भनेपछि प्रेमिले कालिगण्डकीमा फालिदिए

Posted on: 05 Mar, 2018

फागुन २१, कुस्मा । आफ्नै प्रेमिकाले गर्भवती भएको बताएपछी प्रेमिले हत्या गरेका छन् । प्रेमिका हत्याको आरोपमा पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । पराजुलीले बाग्लुङ जैमुनी नगरपालिका–८, घर भएकी २२ वर्षीय कमला शर्मालाई सलले घाँटी बाँधेर कालीगण्डकी नदीमा बगाईदीएका थिए । 

प्रहरीको अनुसार माघ ५ गते पर्वत र गुल्मी जिल्लाको सीमाना जोड्ने कालीगण्डकी पूर्तिघाट झोलुङ्गे पुलमामा शर्मा र पराजुलीबीच भेट भएको थियो । भेटमा पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै शर्माले तत्काल विवाह गर्न अनुरोध गरेपछि पराजुलीले युवती शर्माको प्रस्तावलाई अस्वीकार गर्दै सलले घाटीमा कसेर कालीगण्डकीमा फालीदिएका थिए ।

पराजुलीले परिवारसामु आफैले हत्या गरेको बताएका थिए । प्रहरीसँग पनि पराजुलीले आफैले मारेको बयान दिएका थिए । आफैले मारेको बयान दिएपछि प्रहरीले उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ । प्रहरीले दायर गरेको मुद्दामा थप अनुसन्धानका लागि भन्दै पर्वत जिल्लाका जिल्ला न्यायधिश धु्रबप्रसाद सापकोटाको इजलासले पराजुलीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।

माघ ५ गतेदेखि युवती हराएपछि पीडित परिवारले करिब ५ दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी इकाइहरुबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४, घुमाउनेमा १७ माघमा फेला परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!