पाँचौ बार्षिक उत्सवमा ६ पत्रकार सम्मानित

Posted on: 13 Aug, 2018

साउन २८, पर्वत ।  आफ्नो स्थापना समयको पाँचौ बार्षिक उत्सवको अबसर पारेर सूचना केन्द्र डट कमले ६ पत्रकारहरुलाइ सम्मान गर्ने भएको छ । जिल्लामा क्रियाशिल ३ पत्रकार र आफ्ना संवाददाताहरुबाट तीन गरी  ६ जना पत्रकारहरुलाइ सम्मान गर्ने भएको हो ।

सोमबार कुश्मामा पत्रकार सम्मेलन गरी उक्त अनलाइनका प्रधान संम्पादक बैगुण्ठ गिरीले सो कुरा जानकारी गराएका हुन् । सम्मानीत हुनेमा मोदी काली  साप्ताहिका संबाददाता ओमप्रसाद घायल, कालीगण्डकी दैनिकका दुर्गा प्रसाद शर्मा र ठूलो पर्दाका जीवन पराजुली सम्मान हुने भएका छन्। उनीहरुलाइ जनही ५ हजार ५  नगद, र सम्मान पत्रले सम्मान गर्ने जनाइएको छ ।

यहि भदौ २ र ३  अनलाइनले आफ्नो पाँचौ बार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । उक्त कार्यक्रममा शिव परियार, बद्री पंगेनी, सम्झना भण्डारी र कृष्ण अखेलीको प्रस्तुती रहने बताइएको छ । दुइ दिनसम्म हुने बार्षिक उत्सव तथा  सांस्कृतिक सांझ संचालनको लागि ५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!