मोदी गाउँपालिकामा पुलिस चौकीकै आडैबाट अबैधरुपमा मोदी नदिको दोहन

Posted on: 14 Aug, 2018

पर्वत /कालीगण्डकी नदिमा अबैध रुपमा दोहन हुने कुरा त नौलो रहेन तर पछिल्लो समय पर्वतको मोदिखोलाबाट पनि अबैध रुपमा ढुंगा, गिटी, बालुवा दोहन हुन थालेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा बजार नजिकैदखि मोदिखोलाबाट अबैध रुपमा जथाभावि गिट्टि वालुवा निकाल्ने गरिएका कारण नदि आसपासका स्थानीय त्रसित बनेका छन् ।

मध्यराति नदिबाट जथाभावि गिट्टी बालुवा निकालेर लैजाने गरेका कारण मोदिगाउँ पालिका वडा नबर ६ तिलाहर डिमुबाको पुरै बस्तीनै जोखिममा परेको छ । नदिबाट जथाभावि बालुवा निकाल्दा बर्षातको समयमा जुनसुकै बेला नदि किनारमा रहेको बस्तीमा पस्न सक्ने खतरा बढेको छ । मोदि गाउँ पालिकाको ६ नबर वडा मा पर्ने बागलुङ पोखरा राजमार्ग सङ्गैको तल्लो डिमुवा बजार खतरामा परेको हो । सो क्षेत्रमा रहेको डिमुवा चौकी भन्दा १०० मिटर को दुरिमा रहेको मोदिखोलाबाट राति डोजर लोडर प्रयोग गरि निकाल्ने गरिएको छ ।

रातारात वालुवा चोरी निकासि हुँदा सम्म स्थानिय प्रशासन भने मौन बसेको स्थानिय बताउछन् । नदिहरुमा बालुवा निकालिएका ठुला खाल्डाहरु पन िदेख्न सकिन्छ । यहि खोलबाट सन्चालित तीन वटा जलबिद्युत आयोजना सन्चालित छन् । तल्लो मोदीखोला १ जलबिद्युत आयोजना, देउपुर गाविसमा रहेको मोदीखोला जलबिद्युत आयोजना र देउराली गाबिसमा रहेको पातीखोला जलबिद्युत आयोजना सञ्चालित छन् । बर्षातको बेला यीनै आयोजना समेत प्रभावित हुनेगरेकोमा पछिल्लो पटक बिभिन्न स्थानबाट जथाभावी बालुवा निकाल्ने कार्य तिब बन्दा झन् ठुलो जोखिम बढेको हो ।

यसरी डोजर र लोडरको प्रयोगबाट नदि नै छेक्ने गरी गिटि बालुवा निकाल्ने कार्य जारी राखिए नदि नै बस्तीमा पस्न सक्ने स्थानिय बताउँछन् । मोदी खोलाका कारण सो क्षेत्रका ९५ घर सहित प्रहरी चौकी समेत जोखिममा छ । पछिल्लो पटक शुक्रबार राति मात्रै पनि सो क्षेत्रबाट बालुवा निकालिएको स्थानीय बताउछन् । खोलाबाट यसरी वालुवा निकाल्ने कार्य बन्द गराउन आग्रह गर्दै गाउँ पालिकामा निवेदन दिने तयारी गरेको पनि बताईएको छ ।

यसैबीच डिमुवा बजार टोल विकास समितिले गाउँपालिकालाई निवेदन दिँदै बजारको सुरक्षाका लागि अबैध दोहन रोक्न माग गरेको छ । समितिका अध्यक्ष दिपेन्द्रजंग लामिछाने र स्थानीयवासी समेतले बजारको सुरक्षाका लागि पहल गरिदिन माग गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!