प्रधानाध्यापकले नै बालबालिकालाई अप्राकृति मैथुन गराएपछि...

Posted on: 17 Aug, 2018

भदौ १, पर्वत | बिद्यालय आउने कलिला बालबालिकालाई अप्राकृति मैथुन गराउने एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन ।

पर्वतको फलेबास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका  प्रधानाध्यापक खिलप्रसाद पौडेल पर्वतको जिल्ला अदालतको आदेशमा बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन ।


पर्वत जिल्ला अदालतका निमिक्त न्यायधीश दयराम पोख्रेलको एकल इजलासको आदेशले थुनामा परेका प्रअ पौडेलले बिद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । ५१ बर्षिय प्रधानाध्यापक पौडेललाई  फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी  वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते  पक्राउ परेका थिए ।

प्रअ पौडेलले करिब एक बर्ष अघि देखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफुँले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पिडीत बालबालिकाले अभिभाबकसंग बताएका थिए । अभिभावकले उक्त अपराध थाहा पाएपछि अभिभावक, शिक्षक, र बिद्यार्थीका बिचमा बिद्यालयमा समेत छलफल भएपछि शिक्षकले गरेको अपराध पुष्टि भएको थियो । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउँनुका साथै प्रहरी चौकी फलेबासलाई बुझाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!