मान्यज्यू! हाँसो हो कि मजाक?!–कछुवा गतिमा हिडेको सरकारको रकेटको गतिमा विकास (भिडियो)

Posted on: 14 Oct, 2018

पर्वत । प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । केपी ओली सरकार गठन भएको ७ महिनामानै ओली सरकारको कछुवा गतिको काम र देशमा बढेको बलात्कार, हत्या, हिंसा र अशान्तिका कारण राजीनामाको माग भैराखेको बेलामा उनले विकास रेकटेको गतिमा गछौं भनेर भाषण गरेका छन् ।

दशैं, तिहार, छठको अवसरमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभाका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व सांसद अर्जुन प्रसाद जोशीलाई साथमा राखेर उनले गरेको भाषण हाँसो हो कि मजाक जनताले बुझ्न सकेका छैनन् । पार्टीबाटै ओली सरकारको विकल्प खोज्न नेताहरु लागेको बेलामा उनले दिएको अभिव्यक्तिमा कति सत्यता छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

‘सरकारले बजेट मार्फत संसारलाई चकित पार्ने गरि बिकासका पुर्वाधार तयार पारेको छ’ उनले भने ‘अबको दुई बर्षपछि कसैले कल्पना सम्म नगरेको बिकास गरेर देखाउँछ’ सरकारले असार सम्म अघिल्लो सरकारको बजेट कार्यान्वयन गरेका कारण आफुले केही नपाएको र आफ्नो बजेट सरकारले कार्यान्वयन गर्ने चरणमा रहेका कारण केही नभएको जस्तो भ्रम पार्न खोजिएको स्पष्टीकरण दिए ।

छिमेकीहरु संग सम्मानजनक सम्बन्ध स्थापित गरेकोे बताउँदै छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएकोले अब आफ्नो ढंगले काम गर्ने अवस्था सृजना भएको छ भने । ‘छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएको छ’उनले भने ‘चीन संग भएको समुन्द्र पार ब्यापारका लागि सम्झौताले बिकासको ढोका खुलेको छ.।

भिडियो  


यस बिषयमा तपाइको प्रतिक्रिया...!