पर्वतमा ९ बजेपछि देउसी भैलो खेल्न पाइने

Posted on: 02 Nov, 2018

शिला पाण्डे/पर्वत । नेपालीहरुको दोस्रो महान पर्वत दिपावलीको अबसरमा देउसी भैलो ९ बजेसम्म खेल्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ ।

चाडपर्वको बेलामा खेलिने देउसी तथा भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने हुँदा शान्ति सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राति ९बजे सम्म मात्र सञ्चालन गर्न, प्रचलित कानूनले निषेध गरेका कुनै कार्यहरु नगर्न नगराउनु हुन साथै यस अवधिमा भूईचम्पा, पटका र आतसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको जनस्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस्ता विष्फोटक पदार्थहरुको उत्पादन, बिक्रि वितरण, ओसार पसार तथा प्रयोग नगर्नु नगराउनु हुन सबैमा अनुरोध गरिन्छ । जिल्ला प्रशासन पर्वतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले यदि कसैले यस सूचना विपरित कार्य गरेमा गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!