काफलचौर माविमा प्रहरी र विद्यालय सम्पर्क समिति गठन

Posted on: 05 Dec, 2018

मङ्सिर १९, पर्वत । समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका ३ दुर्लुङमा रहेको काफलचौर माविमा विद्यालय सम्पर्क समिति गठन गरेको छ ।

लागुऔषध नियन्त्रण, कानुनी अपराधसंग सम्वन्धित विषयहरु, घरेलु हिंसा,महिला तथा वालवालिका विरुद्ध हुने अपराधका वारेमा प्रहरीले जानकारी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सहायक निरीक्षक अर्जुन पौडेलले सहजिकरण गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!