सिसेफ महिला समुहलाई अनाथ बालबालिकाको चिन्ता, न्यानो कपडा वितरण

Posted on: 11 Jan, 2019

पर्वत । सिसेफ महिला समुहले विभिन्न कारणले विद्यालयबाट बाहिर रहेका  बालबालिकालाई न्यानो कपडा, शैक्षिक समाग्री तथा खाजा वितरण गरेको छ ।

विहिबार एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले शिवालय मावि कुश्मामा अध्ययनरत सडक बालबालिकाहरुलाई न्यानो कपडा, शैक्षिक समाग्री र दैनिक खाजाको व्यवस्था गरेको हो ।  १७ जना बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।

कुश्मा नगरपालिका ५ की वडा अध्यक्ष चित्रकला भारतीको आथित्यतामा भएको कार्यक्रममा बोल्दै उनले संस्थाले गरेको कामको प्रशंसा गरिन् । साथै भारतीले नगरपालिकाबाट हुने सहयोग आफूले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाईन् ।


महिलाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासको क्षेत्रमा काम गर्दै आएको संस्थाले सामाजिक, मानवीय क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।


कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष राजेन्द्र पहाडी, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ आचार्य, अर्जुन पौडेल निर्जन, विद्यालयका शिक्षक लेखनाथ उपाध्यय, विव्यस अध्यक्ष इश्वर गिरी लगायतले बोलेका थिए ।


संस्थाकी अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत् उपाध्यक्ष पवित्रा श्रेष्ठ(टिका) र संचालन सचिव कामना रेग्मीले गरेकी थिइन् । कार्यक्रममा धन्यबाद मन्तव्य संस्थाकी संस्थापक अध्यक्ष सरस्वती बस्नेतले राखेकी थिइन । संस्थाले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तस्वीर ; कामना रेग्मीको फेसबुकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!