मरभूमिमा पाइने ऊँटको बान्द्रेवेणीमा डान्स, हेर्नेको घुँइचो (भिडियोसहित)

Posted on: 16 Feb, 2019

शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ ।

विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहेका छन् । ऊँट हेर्नको लागि घुँइचो लागेको छ । तालिम प्राप्त उक्त ऊँटले मानिसहरुसँग हात मिलाउने, किस गर्ने गर्दछ भने विभिन्न नेपाली भाषाका गीतमा टाउँको हल्लाउँदै नाच्ने गर्छ ।

पर्वतमा पहिलो पटक ऊँट ल्याइएको हो । दिदीबहिनी महोत्सवमा पहिलो पटक ऊँट ल्याइएपछि हेर्नेको भीड लागेको हो ।

पानी विना पनि लामो समयसम्म ऊँट बाँच्न सक्ने विशेषताको हुन्छ  । मरभूमिमा पाइने ऊँटले खाना र पानी आफ्नो शरिरको बीच भागमा संकलन गरेर राख्ने गर्दछ र आवश्यकता अनुसार त्यसलाई ग्रहण गर्छ । ऊँट गर्मीमा पाइने जनावर भएका कारण पनि त्यसको बनावट त्यही अनुसारको हुन्छ । खुट्टा पनि सोही अनुसार बनेको हुन्छ । अग्ला र लामा खुट्टा हुन्छन् भने घाँटी पनि लामो नै हुन्छ । मरभूमिमा पाइने क्याक्टस जातको काँडा भएको विरुवा (सिउँडी) यसको भोजन हो ।

भिडियो 





यस बिषयमा तपाइको प्रतिक्रिया...!