४ जेठ
पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज चौथो दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं. ५ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञमा पर्वत जिल्ला तथा छिमेकी जिल्लाका श्रद्धालु भक्तजनहरुको सहभागिताले यज्ञ सफल हुने आयोजकले जनाएका छन् । हाल सम्म संस्थापक वन्ने १५१ जनाले रु १ लाख जम्मा गर्ने प्रतिवद्धता अनूरुप सवै संस्थापकहरुलाई यज्ञ स्थलमा वाजागाजा सहित स्वागत गर्ने काम भईरहेको छ । त्यसै गरि तुलादान अन्य दिनको भन्दा आज उल्लेख्य रुपमा सहभागिता भएका छन् ।


प्रमूख कथा वाचक ईश्वरकृष्ण भुर्तेलको प्रस्तुतिकरणले भक्तजनहरु मन्त्रमूग्न भएका छन् । आज विदाको दिन भएका कारण पनि यज्ञस्थलमा भक्तजनहरुको उपस्थितिले खचाखच भरिएको थियो । विच विचमा भजन,कृतन,शिवपार्वतीको जिवन्त अभिनयले यज्ञ स्थलमा भक्तजनहरुको आकर्षणको केन्द्र वनेको छ ।


त्यसै गरि हवनकुण्डमा सहभागीहरुले स्वतस्फर्त रुपमा भक्तजनहरुले लिएर गएका सामानहरुले हवन गरिएको छ । दुधकुण्ड मा भक्तजनहरुको घुईचो लागेको छ । पर्वत र यस आसपासका धार्मिक स्थलहरुको प्रवर्धन र त्यस संग ससम्वन्धित पर्यटकहरुलाई आकर्षित गर्न यस महायज्ञ सफलहूने मूल संयोजक पृथ्वी नारायण शर्माले वताउनू भयो ।

शिव पार्वतको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज चौथो दिन सम्म १ करोड १० लाख संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले वताउनू भयो । पर्वत जिल्लास्थित वैकहरुले रकम संकलनका लागी सहयोग गरेका छन् ।


आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा पर्वत जिल्ला तथा छिमेकी जिल्लाका भक्तजनहरुलाई यस पवित्र यज्ञमा सहभागी भई पुण्य कमाउन आयोजक समितिका महासचिव अच्यूत तिवारीले आग्रह गर्नु भयो ।