रेडियो पर्वतमा भिषण आगलागी, ३० लाखको क्षति

Posted on: 12 Jun, 2019

पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो पर्वतमा आगोलागी भएको छ । विद्युत सर्ट भएर राति १ बजे रेडियोमा आगोलागी हुँदा पूर्णरुपमा क्षति भएको हो । आगो स्थानीबासीको सहयोगमा राति नै नियन्त्रणमा लिइएको थियो ।

आगलागी हुँदा रेडियोको ट्रान्समिटर, सात कम्प्युटर, २ मिक्सचर हाइब्रिड टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माल बताए ।

आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ । आगोलागीबाट ३० लाखभन्दा बढी क्षति भएको रेडियोले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!