बिहेभोज खाँदा ४५ जना विरामी

Posted on: 12 Jul, 2019

महेन्द्र केसी । असार २७, पर्वत । जन्तिभोज खाँदा पर्वतमा ४५ जना विरामि परेका छन् । कुश्मा नगरपालिकाा ७ खरेहामा विहेभोजमा पकाएको तरकारीका खाँदाा स्थानीयबासि विरामि परेका हुन् । 

भोजमा बनेको पुरी, करेला, आलु, काउलीको तरकारी, काँक्राको अचार खाएपछी स्थानिय विरामी परेका हुन् । भोज खाएपछी स्थानियलाई टाउको दुख्ने ,रिङ्गटा लाग्ने,पेट दुख्ने, पखला लाग्ने लगायतका समस्या भएको स्थानिय देवराज पुरीले वताए । 

खानामा विषादी भएकै कारण स्थानिय विरामी परेको भन्दै स्थानीयबासिले प्रशासनमा बजारमा रहेका तरकारीमा विषादी भए नभएको छानविन गर्न माग गर्दै  जिल्ला प्रशासन  कार्यलय पर्वतमा ज्ञापनपत्र बुझाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!