देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on: 14 Jul, 2019

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति विस्थापित भएका हुन् ।

अविरण बर्षाको कारण तराईका विभिन्न जिल्लाका अधिकांश स्थान डुबानमा परेका छन् । डुवानमा परेका स्थानहरुमा हेलिकप्टर प्रयोग गरेर राहत तथा उद्धारको काम भईरहेको छ । बाढी तथा पहिरोका कारण देशभरिका बिभिन्न स्थानमा ११ वटा मार्ग अवरुद्ध भएका छन् । पानीको बहाव उच्च भएकाले आइतवार बिहान कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए ।

बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी खटाइएको छ । आइतबार दिउसोसम्म २५ सय जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार उपत्यकामा ८ जना र पूर्वी नेपालको भोजपुर जिल्लामा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै ओखलढुङ्गामा चार, खोटाङ, काभ्रे, सिन्धुली र मकवानपुरमा तीन‍-तीन जना, झापा, बारा, धनुषा, धादिङ र डोल्पामा दुई-दुई जना तथा इलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, चितवन, पाल्पा र दाङमा एक-एक जनाको मृत्यु भएको छ ।


जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको विपद व्यवस्थापन कक्षमा स्थापना गरिएको आपतकालीन कार्यसञ्चालन ९सूचना० केन्द्र । यसबाट नारायणी लगायतका नदीहरुको बाढी तथा मौसम पूर्व सूचना प्राप्त गर्न सहज भएको छ । तस्वीरः मोहन पौडेल

यस बिषयमा तपाइको प्रतिक्रिया...!