दाउराको चिर्पट प्रहार गर्ने ४ जना पक्राउ

Posted on: 13 Aug, 2019

साउन २८, पर्वत ।  पर्वतको जलजला गाउँपालिका–४ लामाखेतका १७ वर्षीय पावल बिकलाई चिर्पट प्रहार गरी फरार भएका ४ जना आरोपीलाई पर्वत प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरी टोलीले जलजला गाउँपालिका–४ लामाखेतका ३९ वर्षीय कबिन गर्वुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामीलाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी पावललाई आइतबार राति उनीहरुले दाउराको चिर्पट प्रहार गरेका थिए । आफ्नै घरमा लुकीछुपी बसेको सूचनाका आधारमा उनीहरुलाई सोमवार साँझ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।m

घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात घर फर्किसकेका छन् । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!