पत्रकार हमाललाई तत्तकाल छोड्न दबाब

Posted on: 05 Sep, 2019


पर्वत । पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।

पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीलाई ज्ञापन पत्र पेश गर्नुभएको थियो ।

सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले उनलाई पुन पक्राउ गरेपछि त्यसको विरोधमा बुधबार पर्वत शाखा सहित गण्डकी प्रदेशका सबै शाखा मार्फत बुझाइएको हो । ज्ञापन पत्रमा अदालत परिसरबाटै पुन पक्राउ परेका पत्रकार हमालको विना सर्त रिहाईको माग गरिएको छ । ज्ञापन पत्रमा आस्थाको आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ ।

‘लामो समयदेखि क्रियाशिल र मुलधारको पत्रकरिता गरिरहेका व्यक्तिलाई एउटा विचार र आस्थाको आधारमा पक्राउ गर्नु उचित नहुने महासंघ पर्वतका सचिब गिरीले भन्नुभयो । पत्रकार हमाल जनसञ्चार अनलाईनका सम्पादक हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!