ज्यान हत्केलामा राखेर वालुवा निकाल्दै माझी समुदाय

Posted on: 06 Sep, 2019

पर्वत । 

कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान बेलुकाको छाक टार्दै आएका हुन् ।

उर्लिदो कालीगण्डकीमा ज्यान हत्केलामा राखेर डेढ सय माझी परिवारले अहिले कालीगण्डकी नदीकै भरमा आफ्नो जीवन धानेृका छन् । उर्लिदो कालीगण्डकीको भेलले ल्याएको बालुवा र दाउरा नसमात्ने हो भने हातमुख जोर्न माझी बस्तीलाई कठिन छ ।

अहिले ज्यान हत्केलामा राखेर भएपनि बालुवा निकाल्नुपर्ने बाध्यता छ । दाउरा समात्नुपर्ने छ । यदि यसो गर्न सकिने भने हिउँदको समयमा घरमा चुलो बल्दैन स्थानीय एक मजदुरले भने ।

कालीगण्डकी नदीले जीवन धानेका माझीको मुख्य पेशा नै बालुवा निकाल्नु हो । उनिहरुले अहिले दैनिक  २५  देखी  ३० टयाक्टर वालुवा  नदीबाट निकाल्ने गरेका हुन । डोजर प्रयोग गरेर वालुवा निकाल्न रोक लगाएपछि  आफुहरुको काम भएको र कामाई पनि राम्रो हुने भएपछि जोखीम नै मोलेर भएपनि कामको जिम्मा लिएको स्थानीय गणेश माझीले बताउनु भयो ।


उनीहरुले प्रति ट्याक्टर ९ हजार देखि दश हजारमा बालुवा विक्रि गर्दै आएका छन् । भदौको अन्तिम सातातिरदेखि स्थानीय सरकारले टेण्डर हाल्ने भएका कारण उनीहरुले झिक्न पाउँदैनन । त्यसैले ज्यान हत्केलामा राखेर उनीहरुले अहिले बालुवा निकाल्दै आएका छन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!