ज्ञानेन्द्र शाहीलाई पर्वत प्रवेशमा निषेध

Posted on: 17 Sep, 2019


पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन र युवा संगठनले ज्ञानेन्द्र शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपालका लागि नेपाली तथा भ्रष्टाचार विरोधीका अभियान्त शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको हो ।


साविक अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटा, अनेरास्ववियूका अध्यक्ष तेजप्रसाद शर्मा, वाइसीयलका अध्यक्ष कमलप्रसाद लामिछाने र युवा संघ नेपालका अध्यक्ष थमनारायाण पौडलले संयुक्त विज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाही र उनको टिमलाई पर्वतमा निषेध गरेको हो ।


गणतन्त्रविरोधी क्रियाकलाप गर्दै हिड्ने मण्डलेलाई पर्वतमा निर्षध गरेको घोषणा गरेका छौं । गणतन्त्रमाथिको प्रहार हामीलाई मान्य छैन विज्ञप्तीमा लेखिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!