तीनदिने तालिम सम्पन्न

Posted on: 18 Sep, 2019


शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई लक्षित गरी आयोजना गरिएको तीन दिने महिला स्वास्थ्य स्वयमसेविका प्रशिक्षक, प्रशिक्षण तालिम सम्पन्न भएको छ । 

मोदी गाउँपालिका वडा १, ३ र ४ का स्वास्थ्यस्वयमसेविकालाई लक्षित गरिएको कार्यक्रममा महिलाहरुको  स्वास्थ्य, स्वास्थ्य स्वयम् सेविका  भूमिका ,महिला स्वास्थ्य स्वयंम् सेवीका कार्यक्रम , महीला स्वास्थ्य स्वय.म सेवीका काम कर्तव्यवारे जानकारी ,स्वास्थ्य आमा समुहको वारेमा जानकारी ,स्वास्थ्य आमा समुहको भुमीका , स्वास्थ्य आमा समुहको वैठक संचालन र अभीलेख राख्ने सम्बन्धि प्रशिक्षण दिइएको हो ।

गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला संयोजक खेमबहादुर रोकायाको आतिथ्यतामा भएको थियो । उनले महिलाहरु स्वास्थ्य स्वयमसेविकाको समुदायप्रतिको भूमिका, जिम्मेवारी, कर्तव्यबोध गर्न तालिम फलदायी भएको बताए । उनले तालिममा सिकेकका कुराहरु व्यवहारमा उतार्न सक्ने हो भने समाजलाई स्वास्थ्यसम्बन्धी सुसुचित गर्न सकिने बताए ।

नवचेतना सामुदायिक केन्द्रका अध्यक्ष केशवदास बैरागीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नवचेतना सामुदायिक विकास केन्द्रका जनस्वास्थ्य सहायक टिकाकुमारी घर्तीले गरेकी थिइन ।

कार्यक्रममा मोदी गाउपालिकाका स्वास्थ्य संयोजक तथा कार्यक्रमका प्रशिक्षक उमेश कुमार अधिकारी,नवचेतना सामुदायिक केन्द्रका लेखापाल सम्झना पौडेल, जायश्वर पौडेल लगायतका सहभागीता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!