पहिरो पीडितलाई दशैमा घर उपहार

Posted on: 09 Oct, 2019

पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ ।

नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा अन्तराष्ट्रिय पर्वत सेवा समाजले पहिरो पीडितलाई घर हस्तान्तरण गरेको हो ।  समाजले वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइरिङका भीमलाल आचार्यलाई घर हस्तानतरण गरेको हो । कुल १४ लाख १९ हजार ४ सय ३५ मा घर निर्माण भएको हो ।

समाजले उक्त घरहरु पीडित परिवारलाई हस्तान्तरण गरेको छ । दशैको मुखमा  नयाँ घर पाएपनि आफ्नो मनमा अझै पनि खुसि भने नर्फिर्कएको पीडित रुपा परियारले बताइन ।

सहयोगी दाताहरु घर बनाइदिनुभयो तर गुमेको छोराका कारण आफ्ना मन अझै पनि अमिलो भइरहेको उनले दुखेसो पोखिन । समाजले घर निर्माण गरिदिए पनि अझै पनि पहिरोको जोखिम रहेको उनले बताइन ।

समाजका अध्यक्ष पुरन गिरीले समाजमा आवद्ध विभिन्न देशमा रहेका पर्वत समाजका भादृ संगठनको सहकार्यमा पहिरो पीडितको लागि घर निर्माण गर्न सकेको बताए । उनले अझै पनि पिडितहरु जोखिमा रहेको बताउँदै स्थानीय सरकारले हेर्नुपर्ने जिकिर गरे ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकामा सरकारी जग्गा नभएका कारण जोखियुक्त ठाउँमा नै पीडितको घर बनाउनु बाध्यता परेको बताए । उनले आगामी दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।

२०७५ साल साउन २ गते बर्षापछि आएको बाढि र पहिरो जाँदा १ जनाको ज्यान गएको थियो भने १५ घरपरिवार विस्थापित भएका थिए ।

भिडियो 



यस बिषयमा तपाइको प्रतिक्रिया...!