विदेशी चुस्कीमात्रै होइन, गाउँघरको दहीमही विर्सिनु हुँदैन– पूर्वसांसद चापागाई

Posted on: 18 Oct, 2019


पर्वत । संविधानसभा सदस्य कल्पना चापागाई जोशीले प्रवासी नेपालीहरुलाई आफ्नो गाउँठाउँलाई नभुल्न सुझाएकी छन् ।

 अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशी चुस्कीमात्रै नभई गाउँघरको दहीमोहीलाई पनि  माया गर्नुपर्ने भन्दै सांकेतिक रुपमा आफ्नो देश र जन्मभूमिलाई विर्सन नहुने बताएकी हुन् ।

कतिपय प्रवासी नेपालीहरुले आफ्नो जाहेजेथा बेचेर प्रवासी जीवन विताएको स्मरण गर्दै उनले त्यसो नगर्न सुझाब दिएकी हुन् । विदेशमा सिकेको सीप र जाँगर, प्रविधिलाई नेपाल भित्राउन र सुखी नेपाली समृद्ध नेपाल निर्माणमा हातेमालो गर्नको लागि उनले आग्रह गरेकी हुन् ।

जोशीले जिल्लाको विकासको लागि पर्वत सेवा समाजले योगदान गर्न सक्ने भन्दै  पर्वत जन्मेर विश्वका कुनाकुनामा रहेका नेपालीहरुलाई एकिकृत गर्नको लागि गठन भएको समाजको प्रशंसा गरिन् । उनले समाजले विश्वमा छरिएका पर्वेतेलीलाई एकिकृत गर्न सहयोग पुगेको भन्दै आगमी दिनमा आफ्नो जन्मभूमिको विकासको लागि हातेमालो गर्न आग्रह गरिन् ।

भिडियो



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!