बलत्कारको कसुरमा १२ वर्षिय वालकलाई कैदको फैसला

Posted on: 10 Nov, 2019


पर्वत । सात वर्षिया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले १२ वर्षिय बालकलाई ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधिस सुर्यबहादुर थापाको इजलासले  वालकलाई   ६ महीना कैद सहित  २० हजार रुपैयाँ  क्षतीपुर्ती दिनुपर्ने फैसला गरेको हो । 

पर्वत अदालतका  तहसिलदार मातृका  रिजालका अनुसार  पिडीतलाई   ०७६   जेष्ठ १६ गते  आरोपितले बलात्कार गरेको भन्दै  पिडीत पक्षले  जेष्ठ १७   गते  जिल्ला प्रहरी कार्यलय पर्वतमा उजुरी दिएका थिए । आरोपितलाई अदालतले जेठ २९ मा पूर्वपक्षका लागि बाल सुधार गृह पोखरामा पठाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!