गाई काटेर खाने जेल चलान

Posted on: 02 Dec, 2019


गाई काटेर खाएको आरोपमा पक्राउ परेका दुई युवालाई जिल्ला अदालत पर्वतले जेल चलानको फैसला सुनाएको छ । बिहादी गाउँपालिका–१ बाच्छाका युवराज गुरुङ र महाशिला गाउँपालिका–२ भोक्सिङका विजय नेपाली अदालतको आदेशअनुसार जेल चलान भएका हुन् ।

उनीहरूले २७ जेठमा गाउँमै गाई काटेर खाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसन्धानपश्चात् जिल्ला अदालतमा पशुसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । गाई राष्ट्रिय जनावार हो भने हिन्दु धर्ममा लक्ष्मी माताको रुपमा पूजा गरिन्छ । त्यसैले गौहत्यालाई अपराध मानिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!