पर्वतका उच्च पहाडी क्षेत्रमा हिमपात

Posted on: 04 Jan, 2020

पर्वत । पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिमपात परेको हो।

हिउँका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका डाँडाहरू सेताम्मे भएका छन् । जिल्लाका लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरूमा बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण कतिपय ग्रामीण बस्तीहरुको जनजीवन भने प्रभावित भएको छ । दिउँसो देखि परेको हिमपातका कारण पशु चौपायहरु र वालबालिका बढि प्रभावित भएका छन ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!