भोलि पर्वत महोत्सवमा मेलिना राई पर्सी कमला घिमिरे आउने

Posted on: 26 Jan, 2020



पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमो भोलि मेलिना राईको धमकेदार प्रस्तुती हेर्न पाइन भएको छ । महोत्सवको पाँचौ दिन आयोजकले मेलिना राइ सहित रितु थापा, बशन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम आउने भएका छन् । विहान पालिकास्तरीय भलिबल प्रसतियोगिता हुने भएको छ भने दिउँसो कलाकारको प्रस्तुतीसहित भजन, रत्यौली प्रतियोगिता हुने भएको छ ।

त्यस्तै १४ गते मंगलबार चर्चित बालकलाकार कमला घिमिरेसहित कुलेन्द्र विक, आरसी पौडेलको लाइभ दोहोरी रहने आयोजकले जनाएको छ । त्यस्तै रितु कँडेल, सन्जिव सिंह राना, प्राश्ना शाक्य डिजेको कन्सर्टका साथै सुरज भिरखोइरेको हाँस्यब्यङ्गे रहने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रतियोगिता, डान्स प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती र लाइभ कन्सर्ट पनि हुनेछ ।

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!