नवआगन्तु विद्यार्थीलाई स्वागत

Posted on: 28 Jan, 2020

शिला पाण्डे/शिवालय बहुमुखी क्याम्पसका स्नातक पहिलो बर्षमा अध्यन गर्नको लागि आएका बिध्यार्थीहरुलाइ स्नातक दोस्रो,तेस्रो,र चौथो बर्षमा अध्यनरत बिध्यार्थीहरुले स्वागत कार्यक्रम सप्पन्न गरेका छ्न। उक्त कार्यक्रममा प्रमुख अतिथी बिष्णु कुमार नेवरले जिल्लामा अन्य क्याम्पस भए पनि बिध्यार्थीहरुको रोजाइमा सिवालय क्याम्पस पर्नुमा शिक्षण सिकाइ क्रियाकलाप गुणस्तरयुक्त छ भन्ने कुराको संकेत गरेको भन्दै हरेक सामग्री साथै विभिन्न बस्तुस्थितिको अभावमा पनि शिक्षा जस्तो कुरामा ध्यान दिनु पर्ने बताउनु भयो।

साथै सिवालय बहुमुखी क्याम्पसका प्रमुख कमल नाथ शर्माले बिध्यार्थीहरुमा शिक्षा प्रतिको मोहो उच्च हुनु पर्ने र प्रत्येक सिकाइले जिवनलाइ पुर्णता प्रदान गर्न भन्दै सम्पुर्ण बिध्यार्थीहरुलाइ स्वागत  गर्नु भएको थियो।

उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख लेखनाथ उपाध्याय, सिवालय माध्यामिक बिध्यालयका प्राध्यापक टन्कलाल भुशाल, सन्स्थापक अध्यक्ष इश्वर गिरि ,साथै बिध्यार्थीहरु जय सुनार, शुरक्षा शर्मा,मनोहरी शर्मा,ज्ञान कुवर,सुजन पौडेल,कोपिला भुशाल, करिश्मा रसाइली वाट मन्तब्य तथा प्रतिभा प्रस्तुति भयको थियो ।

महेस पौडेलको अध्यक्षतामा  सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य सुरक्षा शर्मा र कार्यक्रमको सञ्चालन प्रतिभा पौडेल  प्रेम परियारले गर्नु भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!